पहुचवालाले राज्यकोषको पैसाले उपचार गर्ने व्यवस्था खारेज गर्नु पर्छः लालबाबु पण्डीत



काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज हुने बताएका छन् ।

भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको  उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताएका छन् ।

हुने खाने र पहुँचवालाहरु सुगर जाँचाउन समेत सिंगापुर जाने प्रवृत्ति हटाउन आफू लागि पर्ने मन्त्री पण्डितले बताए ।

नेपाली जनतालाई नेपालमै सहज रुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार जोडतोडका साथ लागेको दाबी गरे ।

उनले स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुले देशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्