विश्वकप छनोट खेल्ने नेपाली टिम घाेषणा, साेमपाल र विनाेद अटेनन् (सूचीसहित)



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन्। नियमित सदस्य सोमपाल कामी यस पटक टिममा पर्न सकेनन्। यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा अटाएनन्।

जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गर्दा लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन्। विवेक गत वर्ष कतार टुरका लागि टी-२० टिममा परे पनि उक्त टुर रद्द भएको थियो।

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्