राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी (सूची)



काठमाडौँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते  हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्ड लागू गरेको छ ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत सबै सरोकारवालालाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो ।

मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरूलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गराइएको छ । कोरोना सङ्क्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ । मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदान स्थल मास्क अनिवार्य गरिएको छ । मतदान स्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।

मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मलगन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्कको व्यवस्था हुनेछ। हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्नेछ। मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ।

मतदान सामग्रीहरूको अनिवार्य रूपमा निःसंक्रमण गर्नुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्