कञ्चन जेसिजले गर्‍यो घर- घरमा पुगी न्यानो कपडा वितरण (तस्बिर सहित )



रुपन्देही । कञ्चन जेसिजले  वर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर घरमा पुगी  अति विपन्न  ज्येष्ठ नागरिक तथा अपाङ्ग नागरिक गरी ३० घर परिवारलाई  न्यानो कपडा वितरण गरेको छ। कञ्चन  गाउँपालिकाको वडा १  र २ गरी ३० घर परिवारलाई न्यानो कपडा गरेको छ ।जस मध्ये  १ जना  अपाङ्ग र २९ जना  अति  विपन्न तथा  ज्येष्ठ नागरिक रहेका छन् ।

वर्तमान अध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन  जेसिज संस्थापक अध्यक्ष चुडामणि पौडेलले बोल्दै  अति विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई   यो चिसोको मौसममा  न्यानो कपडा वितरण गर्दा केही भए पनि राहत मिल्ने र चिसो कै कारण बिरामी तथा ज्यानै जान सक्ने सम्भावना कम हुने हुँदा आफूले सकेको  न्यानो कपडा वितरण गरेको बताउनु भयो।

२०२० का अध्यक्ष बाबुराम पौडेलको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा  कार्यक्रम संयोजन नारायण शर्माको आस्था पाठ , २०२१का निवर्तमान  अध्यक्ष  राधिका चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रम  जेसि महासचिव  बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्