एकैदिन १२३३८ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु




काठमाडौँ । पछिल्लो २४ घण्टामा देश भर १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी देशमा हालसम्म ५७ हजार ३२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्