वडाको उदाहर्णिय कार्य: वृद्ध वृद्धा र एकल महिलालाई न्यानो ब्ल्याङ्केट वितरण



दाङ । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथि बुढ्यौली उमेर । यो समय वृद्ध वृद्धाका लागी कम्ती सकस त छैन! त्यसैले पनि उनीहरूलाई जाडो छल्ने न्यानो ओढ्ने कपडा चाहिन्थ्यो, जिन्दगी छ अभावमा, । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने वृद्ध भत्ता दुई चार हजार न हो, त्यत्तिले मात्रै सबै आबश्यक्ता पूर्ति गर्न पनि मुस्किल नै हुँदो हो । विपन्न थिए त्यसैले ओढ्ने कपडाको आसमा थिए लमही नगरपालिका वडा नम्बर ७ का ज्येष्ठ नागरिकहरू ।

तिनै ज्येष्ठ नागरिकहरूलाई दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले बिहीबार न्यानो ब्ल्याङ्केट वितरण गर्दै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै बनघुस्री निवासी सदावती चौधरीले यो जाडोमा ब्ल्याङ्केट दिएर वडाले ठूलो गुण लगाएको भन्दै खुसी व्यक्त गरिन । समय अनुसार चिसो छल्न ब्ल्याङ्केट पाइयो, अहिले अति आवश्यक पनि थियो, यो भन्दा खुसी अरू के हुन सक्ला चौधरीले भनिन ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन गिरीले छोराछोरीलाई आमाबुवाको महत्त्वको आभास दिलाउने गरी न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको बताए । वडा अन्तरगतका सम्पूर्ण ज्येष्ठ नागरिक र एकल महिलालाई एकैचोटी सम्मान गर्ने योजना थियो । तर कोरोना सङ्क्रमण बढ्दै गइरहेको प्रस्थितीमा भिडभाड गर्नु जायज नरहेको वडाध्यक्ष गिरीको भनाई छ । “सङ्क्रमण बढेको छ, यस्तो अवस्थामा भिडभाड उचित हुँदैन, यसो भन्दा पाउने चिज नपाउने त हैन अध्यक्ष गिरीले भने-हामीले क्रमशः सबैलाई सम्मान स्वरूप न्यानो ब्ल्याङ्केट उपलब्ध गराउँछौँ, वडाका एकल महिला र ज्येष्ठ नागरिक  गरी २ सय ९७ जनालाई वितरण गर्नेर्छौ ।”

पछिल्लो समय कोरोना सङ्क्रमण फैलिरहेकोले टोल-टोल विभाजन गरी न्यानो ब्ल्याङ्केट वितरण गर्नु परेको वडा कार्यालयले जनाएको छ । सबैलाई एउटै प्राङ्गणमा उपस्थित गराएर सबैको दुख सुख साट्दै सम्मान गर्ने योजना रहे पनि समय र प्रस्थितकीका बाबजुद त्यसो गर्न नसकिएको प्रति वडा अध्यक्ष गिरीले चिन्ता व्यक्त गरे ।

बिहीबार पहिलो दिन बनघुस्री टोल विकास संस्था अन्तरगतका ज्येष्ठ तथा एकल महिलालाई वितरण गरी सकिएको छ भने अन्य टोलका लाई क्रमशः वितरण गरिने छ ।

२ सय ९७ मध्य १ सय ४६ जना ज्येष्ठ नागरिक र १ सय ५१ जना एकल महिलालाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिने छ ।

आर्थिक बर्ष २०७८/०७९ को ७ लाख रुपैयाको लागतमा वडाका सम्पूर्ण ज्येष्ठ नागरिक र एकल महिला हुलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको हो । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वडा सदस्य राधा केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । कार्यक्रमको सहज करण वडा सचिव शेर बहादुर चौधरीले गरेका हुन ।

लमही वडा नम्बर ७ मा गरिएको यो सम्मान कुनै नौलो हैन । वडामा जनप्रतिनिधि आइसकेपछि कहिले नगद, फाइबर सिरक, प्रमाण पत्र र दोसल्ला, न्यानो ब्ल्याङ्केट लगायतले विगतदेखि नै सम्मान गर्दै आइरहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्