सैघाली खबर
काठमाडौं,२५ फागुन
पूर्वलडाकुको एक समूहले शुक्रबार र शनिबार बन्द गर्न खोजेपनि बन्द नहुने प्रहरीले जनाएको छ। बन्द गर्न खोज्ने सानो समूह रहेको र उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जनमुक्ति लडाकु समूहका नेता रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। ‘उनीहरुले बिहिबार राँके जुलुस निकाल्ने बताए पनि सफल भएनन्,’ परिसरका एसएसपी विश्वराज पोखरेलले भने,‘सानो समूह रहेछ, तितरबितर भइसकेका छन्, भोली र पर्सी बन्दको कुनै प्रभाव हुँदैन।’
जनयुद्धका घाइतेको निशुल्क उपचार तथा सलमान खानको नेपाल कार्यक्रमको विरोधस्वरुप सो समूहले बन्द गर्न लागेको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।