नगरसभाबाट कृष्णनगरका बाल विकास सहजकर्ताको तलब बढाइयो



कृष्णनगर, कपिलवस्तु  l  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिका को सातौँ नगरसभा आ. बर्ष ०७८/८९ तथा कार्यक्रमको मध्यावधि समीक्षा संशोधन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ l

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह रहनुभयो l

कार्यक्रममा कार्यपालिका सदस्य/सचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, वडाध्यक्ष हरू, कार्यपालिका सदस्य हरू, कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सातौँ नगरसभा सम्पन्न भएको छ l

कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दीप प्रज्वलन गरी गर्नुभयोl कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राख्नुभयो l कार्यक्रममा मध्यावधि बजेट समीक्षा लेखा शाखाकी सन्जु अचार्य ले आय व्यय प्रस्तुत गर्नुभयो l

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले नगरपालिका भित्रका प्रमुख समस्या हरूको अवगत नगर प्रमुख शाहलाई गराउनु भयो l

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बाल विकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब सङ्घीय सरकारले तोकेबमोजिम नगरपालिका ले गर्ने बताउँदै नगर भित्र विकास का हरेक सम्भाव्यता को पहिचान गरी नगर विकास गरिने बताउँदै कृष्णनगरमा व्यवस्थित बसपार्कका लागि आजै कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई अगाडि बढ्ने बताउनुभयोl कार्यक्रममा वडाध्यक्ष सञ्जय कुमार गुप्ता, मोबिन खान ले आ आफ्नो धारणा राख्नुभयो l

कार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्