बालुवाटारमा तीन नेताबीच छलफल, सत्ता गठबन्धनको बैठक बोलाइयो



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपालबिच भेटवार्ता भएको छ ।

बिहीबार अपराह्न ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरू सम्मेलित राजनीति संयन्त्रको बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता भएको स्रोतको भनाइ छ। अब गठबन्धनको बैठक भोलि अपराह्न ४ बजे बालुवाटार बोलाइएको छ ।

कोरोना सङ्क्रमणबाट मुक्त भएपछि माधव नेपाल पहिलो पटक शीर्ष बैठकमा सहभागी भएका हुन् ।

भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

पछिल्लो पटक सत्ता गठबन्धनका नेता प्रचण्ड र राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन सारेर बैशाखमा संसदीय चुनाव गर्ने प्रस्ताव गरेका बेला शीर्ष नेताबिच छलफल भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्