पठन संस्कृतिका लागि शैक्षिक महोत्सव शुरु



 

दाङ १ असार

विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि दाङमा अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम नाम दिइएको अभियान अन्र्तत जिल्लाका १५ वटै श्रोत केन्द्रमा शैक्षिक महोत्सव गरिदै छ । यसैक्रममा आज पश्चिम दाङका विद्यालयहरुको आयोजनामा विरेन्द्र मावि भ्युडर सुनपुरमा पढाई महोत्सव तथा शिवर सम्पन्न भएको छ ।
बयाले श्रोत केन्द्र अन्र्तगतका २९ विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सहभागी शिविरमा वालवालिकालाई पठनपाठन गराउन आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रर्दशनमा राखिएको थियो । शैक्षिक महोत्सवमा राखिएका स्टलहरुमा विभिन्न रसायन देखि खाद्ययान्न तथा दैनिक रुपमा प्रयोग हुने बस्तुहरु राखिएको थियो ।

वालवालिकालाई किताबबाट मात्र बुझाउन कठिन हुने भएकाले प्रयोगात्मक शिक्षा दिन प्रयोग हुने बस्तुहरु स्टलमा राखिएको मावि वालापुरका सहयोगी कार्यकर्ता सुस्मिता केसीले बताउनु भयो । कार्यक्रममा प्रारभिक कक्षा पढाई उत्सव कार्यक्रमका संयोजक हल्लु चौधरीले सहभागी वालवालिकालाई सधै पुस्तक पढ्ने प्रतिबद्धता गराउनु भएको थियो ।

आधारभूत विद्यालय छोटेका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पठन संस्कृतिको विकासकालागि विद्यालय सँगै घरमा पनि अभिभावकले वाताबरण तयार गरिदिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले किताव पढेर मात्र विद्यार्थीको सिकाइमा उपलब्धी नहुनेभएकाले विद्यालय तथा घरमा पाठ्य सामग्रीको व्यवस्था हुनुपर्ने बताएका थिए ।
पुस्तक घोकाउने पुरानो शैलीले आजको बजार माग अनुसारको जनशक्ति उत्पादन गर्न नसक्ने भन्दै समय सापेक्ष शिक्षाका लागि शिक्षण शिकाई पद्धतीमा परिर्बतन आवश्यक रहेको बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम दाङका फोकल पर्सन देवमणी चौधरीले शैक्षिक मेलाले वालवालिकालाई पढाइ प्रति उत्प्रेरित गर्न र पठन संस्कृतिको वाताबरण सृजना गर्नकालागि अभिभावकलाई ज्ञान दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

। जिल्ला शिक्षा कार्यालय दाङले यहि असार ४ गते जिल्लाका ४ वटा श्रोत केन्द्र र ५ गते पाँच वटा श्रोत केन्द्रका शैक्षिक महोत्सव तथा पढाई विबिर गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्