काँग्रेस महामन्त्री आचार्य आदेशमा सामुदायिक वनबाट काठ त’स्करी 

स्थानीयले समाए पछि घटना मिलाउने तयारी  


कपिलवस्तु  । कपिलवस्तुको राम लक्ष्मण सामुदायिक वन बुद्ध भूमि ३ बाट ट्याक्टरमा दाउरा चोरी गरी ल्याउने क्रममा स्थानीयले नियन्त्रणमा लिएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा राम लक्ष्मण सामुदायिक वन क्षेत्र बाट साँझ ६ः३० बजे ट्याक्टरमा दाउरा ओसार्न लागिएको थियो । राम लक्ष्मण सामुदायिक वनले सञ्चालन गरेको चिरान मिललाई नियम विपरीत ठेक्का लिएका बुद्ध भूमि १ पत्थरकोटका ठेकेदार शङ्कर आचार्य को लु ३ त ३१८३ नम्बरको ट्याक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।

सामुदायिक वनका अध्यक्ष फेरु थारुले बिवाहको लागी आचार्यको सिफारिसमा दाउरा लिएर आएको बताए । मैले नजान आग्रह गर्दा पनि गएको र सामुदायिक वन समूह सँग कुनै परामर्श नभएको स्पष्ट पारे । यता डिभिजन वन कार्यालय कपिलवस्तु ( गौतम बुद्ध) का प्रमुख दुर्गा बहादुर कार्कीले घटना स्थलमा प्रहरी पुगेको र नियन्त्रणमा लिएको काठ र ट्याक्टर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे ल्याउने तयारी भएको बताए । तर प्रहरीले भने घटना मिलाएर सामुदायिक वनमा घाट गद्धी गराउने तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्