राप्ती बस व्यावसायी समितिको १७ औ अधिवेशनको आज



सैघाली खबर

दाङ, २५ फागुन । राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको ३७ औ साधारणसभा तथा १७ औ अधिवेशनको आज उद्घाटन गरिने भएको छ अधिवेशनको उदघाटन यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्नु भएको छ ।

समितिमा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी , चालक , सहचालक , हेल्पर र बिभिन्न सहयोगी संस्थाहरु तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको समितिका प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले बताउनु भयो । समितिको अधिवेशनले नयाँ नेत्रृत्व समेत चयन गर्दै भोली २६ गते सम्पन्न हुने छ । अधिवेशनका लागिआज दिउँसो उम्मेदवारको मनोनयन दर्ता समेत हुने र दिउँसो  १२ बजे देखि दिउसो ३ बजे सम्म समय तय गरिएको छ ।

 

भने मतदान २६ गते बिहान ९ बजे देखि ४ बजे सम्म हुने निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका सार्वजिनक गरिए पनि सर्वसहमतिको प्रयास भने जारी रहेको बताईएको छ । सर्वसहमति गराउनका लागि सल्लाहकार खडक बहादुर बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत बनेको छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्