मनोरञ्जन

बैशाखमा विहे गर्दै रेखा थापा !

By Thaha - Online

January 21, 2022

काठमाडौं । महानायिका भनेर चिनिँदै आएकी रेखा थापा लगनगाँठो कस्ने तयारीमा लागेकी छन् । उनी चाडै विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, रेखा केही समयदेखि एक युवकको प्रेम सम्बन्धमा छिन् ।

उनी प्रेमीसँग नै वैवाहिक जीवनको तयारीमा रहेको बुझिएको छ । ३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र वैशाखमा बिहे गर्ने गरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।

उनी आउँदो वैशाखमा विवाह गर्ने तयारीमा छन् । मिति भने फाइनल हुन अझै बाँकी छ ।

रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुङ्ग्याएर लामो समय उनी एक्लै मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।

एक टेलिभिजन अन्तरवार्तामा रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरु भएको हो ।