काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा विवाह र व्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) को स्वीकृति अनिवार्य गरिएको छ ।
बिहीबार उपत्यकाका सिडिओको बैठकले धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्।
ललितपुरका सिडिओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ । यसरी उपस्थित हुने सबै खोप लगाएका हुनुपर्नेछ ।
‘विवाह, व्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ’, उपत्यकाका सिडिओले जारी गरेको आदेशमा भनिएको छ ।
शुक्रवार मध्यरातदेखि उपत्यकाका निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणालीसमेत लागू भएको छ । यो निर्णयसँगै अब जोर गते जोर र बिजोर गते बिजोर सवारी साधन मात्र गुड्न पाउने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।