झण्डै १० घण्टापछि खुल्यो नारायणगढ–मुग्लिङ सडकखण्ड



चितवन । सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै १० घण्टापछि खुलेको छ। पहिरो पन्छाएपछि शुक्रवार बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इच्छा कामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो। 

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्