यी हुन् उपत्यकामा जोरबिजोर लागु नहुने सवारी साधन (सुचीसहित)



काठमाडौं । सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ। स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ ।

यो प्रणालीअनुसार प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाङग्रेसहित) जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर प्रणालीमा सञ्चालन गर्न आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुनः अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरूबारे स्पष्ट पारेको छ। औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन।

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछा मासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक बसेर सञ्चालन गर्न पाउनेछन्। परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

साथै सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन् ।

यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने भक्तपुर प्रशासनले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्