मुख्य समाचार

एसीसीएको परीक्षामा नेपाली छात्रा रिया मानन्धर विश्वकै उत्कृष्ट

By Thaha - Online

January 21, 2022

काठमाडौं । कीर्तिपुरकी २० वर्षीय रिया मानन्धर एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को परीक्षामा विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छन् ।

मानन्धरले ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बन्न सफल भएको कलेजले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । कलेजका अनुसार उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् ।

उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेकी हुन् । यस परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए।

मानन्धर हाल ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत छन्, जुन एसीसीएको सम्बन्धन प्राप्त कलेज हो। उनले दुई सय पाउन्ड स्ट्रलिङका साथसाथै एसीसीएबाट प्रमाणपत्र पनि पाउनेछिन्।