ग्लुकोज र चिनी मिसाएर नक्कली मह उत्पादन गरी बिक्री गर्ने नरबहादुर यसरी परे प्रहरी फन्दामा




काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्ने एक जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ घर भइ काठमाडौँ महानगरपालिका-२७ ज्याठा बस्ने ३८ बर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ ।

प्रहरीका अनुसार उनले चिनी पानी, ग्लूकोजको झोल र केही मह प्रयोग गरेर नक्कली मह बनाउँदै आएको अनुसन्धानमा खुलेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कोइरालाले बताए ।

अनुसन्धानमा श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले ‘स्पर्स’ नाम दिएर मह बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका श्रेष्ठले काठमाडौं उपत्यका र पोखराका होटेल तथा रेष्टुरेन्टहरूमा थोक र खुद्रा वितरण गर्दै आएको खुलेको छ । उनले कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट गुणस्तरहीन कच्चा पदार्थ ल्याएर मह बनाउँदै गरेको महाशाखाले जनाएको छ । गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चीनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट हुने गरेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्