हिजो भन्दा संक्रमितको संख्या घट्यो, थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।  पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या हिजो भन्दा केही घटेको हो।

१८ हजार ६१८ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार ५१५ जनामा र ४ हजार ४७४ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसै गरी, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३५ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ६५ हजार ३७४ सक्रिय सङ्क्रमित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्