राजपुरमा मसाल जुलुस सम्पन्न




दाङ । एमसीसी सम्झौता खेरजीको माग गर्दै राजमो राजपुरद्वारा मसाल जुलुस सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ।

राजमो राजपुर कार्यालय चंगूवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,  एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए।

त्यस्तै माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग बन्दा गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरुन्त बन्दा गर जस्ता गगन भेदी नारा सहित पार्टीको झन्डा बोकेका दर्जनौँ नेता कार्यकर्ता सम्मिलित एक प्याली दुलैया चोकमा पुगेर कोणसभामा  परिणत भएको थियो।

कोण सभालाई राजमो दांगका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढामगर समेतले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा अखिल (छैनौ) दाङ जिल्ला सचिव तथा राष्ट्रिय परिषद् सदस्य दिनेश रैदास , राजमो जिल्ला सदस्य रामफकिरे रैदास, अखिल नेपाल जनजाति सम्मेलन राजपुरका सल्ल्हाकार जसबहादुर घर्ती, तराई मधेस जनवादी मोर्चा जिल्ला सदस्य फुर्तीराम यादव लगायतका नेतहारुको पनि उपस्थिति रहेको थियो। साथै कार्यक्रमको सञ्चालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्