काठमाडौँ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।
मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना सङ्क्रमणका कारण खाडी मुलुक र मलेसिया गई बिचल्लीमा पर्ने नेपालीको सङ्ख्या बढेको भन्दै त्यसतर्फ जान रोक लगाउने निर्णय गरेको हो।
जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९’को ओमिक्रोण भेरियन्टको सङ्क्रमण स्वादेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
मन्त्रालयको विज्ञप्ति हेर्नुहोस्:

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।