पत्रपत्रिका

नरसंहारको ध’म्कीले मन्त्री यादव संकटमा

By Thah Online

January 22, 2022

काठमाडौँ। सार्वजनिक मञ्चबाटै नरसंहारको ध’म्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिं’सात्मक अभिव्यक्तिका कारण सङ्कटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ।

रौतहट जिल्ला सदरमुकाममा बुधवार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन्।

त्यसका लागि उनलाई घेराबन्दी गरी ह’त्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर ह’त्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन्।

मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ। यसले कानुनी राज्यको उपहास गरेको, हत्या हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरूको ठम्याइ छ। मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।