Banner Second

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

By Thah Online

January 22, 2022

कैलाली। कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई निलम्बन गरिएको हो। 

प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्दा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। म्याद थप हुने बित्तिकै स्वतः निलम्बनमा परेको प्रवक्ता जोशीले बताए। धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्दा दर्ता गर्दै उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।