टप फिचर

थप १० हजार २५४ जनामा संक्रमण पुष्टि, एकैदिन १६ जनाको मृत्यु

By Thah Online

January 22, 2022

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१  पुगेको छ।

यस्तै, आज शनिवार १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, विगत २४ घण्टामा देशभर ७ सय ०८ सङ्क्रमणमुक्त भएको मन्त्रालयकाको तथ्याङ्कमा उल्लेख छ।

मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ सक्रिय संक्रमित छन् ।