बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्बर ९ काे कार्यालयमा विहीबार शक्तिशाली बम विस्फाेट भएकाे छ ।
नगरपालिका प्रमुख हरि प्रसाद पासीले बाढी पीडितकाे नाममा अाएकाे ६० लाख रुपैया भ्रष्टचार गरेकाे जनगुनासाे अाइरहेकाे अबस्थामा उक्त कार्यालयमा बम बिस्फोट भएको हाे ।
उक्त बिस्फोटकाे जिम्मेवारी कसैले नलिए ता पनि पर्चामा भ्रस्टाचार गरेकोले चेतावनी स्वरुप याे कार्बाही गरिएको र नसुध्रिए अझै ठूला कार्बाही गरिने कुरा उल्लेख छ ।
स्थानीय जनताको भनार्इमा भ्रस्टाचार गरेकाेले यस कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले कार्वाही गरेको हुन सक्ने बताएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।