दुर्घटना

सवारी दुर्घटनामा वाइसिएलका नेता सुनीलको मृत्यु

By Thah Online

January 22, 2022

काठमाडौँ । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी नेकपा (माओवादी केन्द्र)  का युवा नेताको मृत्यु भएको छ। शुक्रवार राती सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ सङ्गठन यो कम्यूनिष्ट लिगका नेताको सुनील बमजनको मृत्यु भएको हो।

सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका सुनिलको उपचारका लागि अस्पताल लैजाने क्रममा रौतहटको चन्द्रपुरमा मृत्यू भएको हो।