प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी : रस र भावना नभएको केवल गुनगुन मात्र !



काठमाडौँ  । नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारबाही प्रगति विवरण सुनाएका थिए ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् ।

उनले भनेकी छन् ,  ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कहीँ पुर्‍याउँदैन,’ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्