Banner First

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी : रस र भावना नभएको केवल गुनगुन मात्र !

By Thah Online

January 22, 2022

काठमाडौँ  । नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारबाही प्रगति विवरण सुनाएका थिए ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् ।

उनले भनेकी छन् ,  ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कहीँ पुर्‍याउँदैन,’ ।

हिजो मलाई धेरै आराम थिएन प्रधानमन्त्रीको संबोधन सुन्न सकिन ! आज सुने, मनमा लागेको कुरा भन्दा साथीहरु रिसाउनु हुन्छ तर यति भन्नै पर्छ –
प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ, नकुनै भावना- नकुनै भविश्य छ !
केवल गुनगुन मात्र छ यसले मुलुकलाई कहिं पुर्याउँदैन ।

— Komal Oli (@OliKomal) January 22, 2022