सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुँदै



सैघाली खबर
काठमाडौं,२५ फागुन

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली दिउँसो १ः३० बजे प्रकाशन गरिनेछ । सभामुखको चुनाव भोली १ बजे प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उठाउने तयारी छ ।कांग्रेसले भने सभामुखमा उम्मेद्वारी दिने नदिने भन्ने विषयमा निर्णय गरेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्