क्रियाशील सदस्य तथा बोर्डक बिच प्रि-ईन्डक्सन एण्ड लोम अफिसर ट्रेनिङ सम्पन्न 



रुपन्देही । कञ्चन जेसिज वर्ष २०२२को आयोजनामा शाखाका क्रियाशील सदस्य तथा बोर्डका बिच प्रि- इन्ड्क्सन एण्ड लोम अफिसर टेर्निङ सम्पन्न भएको छ।

कञ्चन जेसिजका वर्तमान अध्यक्ष राजन शर्मा पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा जेसीअाई नेपालका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसीअाई सिनेटर राजु पौडेलको प्रमुख प्रशिक्षण तथा कञ्चन जेसीजका पूर्व अध्यक्ष जेसी बाबुराम पौडेलको प्रशिक्षण रहेको थियो ।

त्यसै गरी जेसि रामनाथ गौतमको आस्था पाठ दिनेश शर्माको मिसन भिजन रहेको कार्यक्रम   निबर्तमान अध्यक्ष जेसी राधिका चौधरीको स्वागत मन्तव्य  रहेको कार्यक्रममा कञ्चन जेसिज वर्ष २०२०का सम्पूर्ण   सदस्यहरूको सक्रिय उपस्थितमा महासचिव  जेसि बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्