एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यलाई कोरोना सङ्क्रमण भएको छ ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिवार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि सङ्क्रमण देखिएको छ।

अहिले उहाँहरू दुवै जना आइसोलेसनमा बसेको बताइएको छ । यसअघि अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण भएको थिएन ।

कोरोना सङ्क्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए। 

ओलीलालाई कोरोना सङ्क्रमण भएसँगै एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित हुने भएको छ । कोरोनाको यो लहरले शीर्ष नेताहरूलाई पनि छोएको छ ।  

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना सङ्क्रमण देखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्