प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि, आईसीयूमा उपचार जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गरिएको छ । दाहाल तीन दिनदेखि अस्पतालमा उपचारत छिन् ।

उपचारका क्रममा उनमा निमोनिया समेत देखिएको छ।  केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् । 

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्