राप्ती अञ्चल सार्वजानिक यातायात व्यवसायी समितिको आज १७ आंै अधिवेशन तथा ३३ आंै साधारणसभा हुदैछ । जसका लागि सर्वसम्मतीको नेतत्व चयनको प्रयास संगै समितिका अध्यक्ष सुरेश हमाले पनः नेतृत्वको तयारीमा हुनुहुन्छ । हाम्रा सैघाली खबरकर्मि गिरिराज नेपालीले यातायात क्षेत्रको अबसर , समस्या र योजना बारे गरेको कुराकानी – सारसक्षेप प्रस्तुत छ ।
सम्पादक –

सुरेश हमाल: राप्ती अञ्चल सार्वजानिक यातायात व्यवसायी समितिका अध्यक्ष
स्वागत छ ?
धन्यावाद
पुनः समितिको नेतृत्व गर्ने आकाक्षा राख्नुभएको छ , किन ?
– अबश्य भन्नैपर्छ , अबको नयाँ कार्यकालको नेतृत्व पनि मैले नै लिन खोजेको छु । यातायात व्यवसायीहरुको मायाले फेरी पनि मेरो नेतृत्वमा राप्ती अञ्चल सार्वजानिक यातायात व्यवसायी समिति सर्वसम्मतको तरिकाले नयाँकार्य समिति चयन गर्ने प्रक्रिया चलिरहेको व्यवसायीको माया र मेरो जिम्मेवारी काम कर्तव्य प्रति निष्ठावान रहेकाले म अहिले पनि नेतृत्व समाल्ने पक्षमा उभिएको हुँ । किनकी यातायात क्षेत्र पूर्णकालिन कर्मचारी मै हो जस्तो लाग्छ । व्यापार व्यावसाय र रोजगार भनेपछि यही क्षेत्र हो । अर्काे कुरा मेरो कार्यकाल देखी यातायात क्षेत्रको समस्याहरु धेरै न्युनिकरण गर्दै लगिरहेको छौ । यातायात क्षेत्रका गर्नुपर्ने काम र केही समस्याहरु अझै वाँकी रहेकाले मैले अबको कार्यकालको पनि नेतृत्व सम्हाल्ने र जिम्मेवारी तरिकाले नयाँको शुरुवात र वाँकी समस्याको समाधानको अठोट लिएको छु ।
केही काम गरिसकेका छौ केही वाँकी छन भन्नुभयो । अब बचेको पुराना कामको नयाँ सोच कस्तो छ ?
– राप्ती अञ्चल सार्वजानिक यातायात सेवा सुचारु गरेको निकै लामो समय भईसकेको छ । त्यो तपाई लाई पनि थाहा छ । हामीले सेवा, समय ख्याल राख्दै नयाँ –नयाँ योजना केही परिकल्पना गरेका छौ । जस्तै अझै पनि कतिपय गाँउमा यातायात सेवा अझै पुगेका छैनन । ति क्षेत्रमा सेवा पु¥याउने पहिलो सोच गरेका छौ ।
दोस्रो सेवा परिमार्जनको कुरा राखेका छौ । जस्तै दुई हजार मोडेलका पुराना गाडीहरु लाई निषेध गरी नयाँ सवारी खरिदका सवारीधनीहरु उत्प्रेरित प्रोत्साहन गर्ने लक्ष्य लिएका छौ । जसका कारण वातावरणको प्रदुषण नियन्त्रण गरी सफा र सुन्दर दाङ निर्माण गर्न सकिने छ । भने स्तरिय सेवाउन्मुख दाङ बनाउने , सवै गाउँमा यातायात सेवा पु¥याउनको अबको हाम्रो काम रहनेछ ।
अब यातायात क्षेत्रको समस्याहरुमा हिजोका कतिपय समस्याहरु अझै दोहोरिरहेका छन । जस्तै सवारी दुर्घटनाको कुरा हिजो पनि भइरहन्थे । आज पनि भईरहेका छन । तर हिजोका तुलनामा केही कमि आज पक्कै छन । तर दुर्घटना पूर्ण रुपमा रोकिन सकेकोपनि छैन । त्यो रोक्न सकिन्छ पनि भन्न सकिन्न् । तर अब हिजोकै त्यही दुर्घटनाका घटना लाई घटाउन अब अभियानात्मक सचेतिकरण विद्यालय , चौतारी र प्रत्येक बसपार्कहरुमा मालिक , चालक र यात्रुहरु लाई संगसंगै दिने र यातायात अन्य समस्याहरु सडक समस्या , अस्वस्थ्य प्रतिस्पर्धा र गाडी आयातको समस्या लाई निरन्तर समाधानको उपाय खोजीरहेका छौ ।
यातायात क्षेत्रको समस्याहरु के– के हुन । ति समाधान गर्न के गर्नुपर्ला ?
– यातायात क्षेत्र भित्र तमाम समस्याहरु छन । ति समस्याहरु हिजो पनि उस्तै थिए । आज पनि उस्तै अवस्था भोग्नु परिरहेको छ । राज्यले यातायात क्षेत्र व्यवस्थित तरिकाले यातायात क्षेत्रलाई सञ्चालन गर्न सकेको छैन । यातायात क्षेत्र लाई राज्यले व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि यातायात प्राधिकरण वा यातायात बोर्ड गठन गर्न निकै आवश्यक छ । किनकी यातायात क्षेत्रको हिजोका समस्या उस्तैभईरहेकाले अब राज्यले नयाँ तरिकाले समाधानको उपाय खोज्नु जरुरी छ । मुलुक भरका सार्वजानिक यातायातहरुख लाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु राज्व्य पनि दायित्व रहेकाले राज्यले यातायात क्षेत्रको विकास र संरक्षणका लागि दुई कुरामा एक कुरा गर्न जरुरी छ ।
मैले अघि पनि भनिसके गाडी आयात , सडक , अस्वस्थ प्रतिस्पर्धाले यातायात क्षेत्र विस्तार नोक्सानी तिर उन्मु भईरहेको छ । राज्यले भुगोल, जनसख्या , सडकको अवस्थाको निक्र्याैल गरी यातायात सवारी साधन थप ÷घट गरी स्तरिय सेवा सुरक्षित सेवाको विकास गर्न सके यातायात क्षेत्रको आधा समस्या समाधान हुने सक्छ । स्वच्छ सेवाको विकास हुने , दुर्घटना कारण अकालमा कसैले ज्यान गुमाउन नपर्ने र यात्रुमैत्री सेवाको विकास हुने ।
सिण्डीकेट प्रणालीका पनि कुरा उठिरहेका छन नि ?
– यातायात व्यवसायीहरुले मुलुकमा सिण्डीकेट प्रणाली छ भनेर स्वीकार गर्न सक्दौनौ । हामीले यातायात सेवालाई आलोपालो रुपमा सञ्चालन गरी सवै व्यवसायीहरु लाई मर्का नपर्ने गरी काम गरेका छौ । त्यो तपाईले देखिरहनुभएको छ । सवैले रोजीराटीको लागि स्वरोजगार मजदुर भएर मजदुरी गरीरहेका छन । सिण्डीकेट भनेको एकलौटी भन्ने शब्द लाई देखाउछ । तर दाङमा साना तथा ठूला सवारी साधनको समिति र प्रालीहरु खुलेका छन । जसका कारण दाङमा यातायात सेवा फेरिएको भन्न सकिन्छ । तर दाङमा भेग्न सक्ने यातायातको साधन , यात्रु संख्या मापन , सडकको अवस्था र यात्रुको स्तर केछ भनेर कुनै कुराको अध्ययन नगरी यातायातको सवारी भित्र्याउने दर वढेकोले त्यसले यातायात व्यवसायीहरु विच प्रतिस्पर्धालाई निकै उचाईमा पु¥याएको छ ।
अर्काेका कुरा गरेर जथाभावी यातायातका साधन भित्र्याउने प्रवृत्ति र साँधुरा सडकको कारण दाङ सवारी दुर्घटनाको उच्च जोखिममा छ । त्यो सवैले भोग्दै आईरहेका छौ । मैले भन्न खोजेको के भने समिति छ भने समितिले कति गाडी चलाउन पाउने , प्राली छ भने आवश्यक अनुसार कति गाडी चलाउन पाउने भन्ने कुरा लाई राज्यले भुगोल , सडक र जनसख्या मापन गरी त्यसको उचित व्यवस्थापन गर्नुपर्छ । सवैले आलोपालोमै सेवा सञ्चालन गरी सहज यातायात सेवा, विश्वसनिय सेवाको विकास गर्न अझ जरुरी छ । त्यो राप्ती अञ्चल सार्वजानि यातायात व्यवसायी समितिले गर्ने छ ।
अर्काे कुरा हामीले दाङमा यातायात क्षेत्रको एउटै समिति बनाई लैजान प्रयासमा पनि छौ । दाङमा खुलेका प्राली र समिति कार्यगत एकता गरी समिति एकिकरण गरी सेवा स्तरमा संगै संगै जाने प्रयास गरेका छौ । प्राली र समिति विचको केही सहमति भईसकेका छन । केही हुन वाँकी छन । यही अधिवशेनले प्रक्रिया रोकिएको छ । चैत्रमा प्राली र समितिको कार्यगत एकता गरी सेवा क्षेत्रको विकास अझै बढाउने प्रयासमा छौ ।
यात्रुमैत्री व्यावहार भएन, यात्रुको बिचल्ली जस्ता कुराहरु बेला बेला सुनिन्छन नि ?
– आम यात्रुहरु लाई सहज यातायात सेवा र यात्रुमैत्री व्यवहार दिलाउने हाम्रो पहिलो दायित्व हो । त्यो भोली पनि रहनेछ । राप्ती अञ्चल सार्वजानिक यातायात पश्चिम नेपालमै लगभगलगभग जेठो संस्था नै हो जसका कारण हामीले लामो समय देखी सहज , स्तरिय यात्रुमैत्री स्तरिय सेवा दिदै आईरहेको दावी पनि गरीरहेका छौ ।
त्यो सत्य हो पनि । अर्काे कुरा तपाई जुन गर्नुभयो विश्वसनिय , उदाहरणिय र यात्रुमैत्री सेवा भन्ने कुरा हामीले त्यो पुरा गरीसकेका छौ । अझै हामीले राप्ती सार्वजानिक यातायात सेवा लाई निर्धक्क सेवाका रुपका गर्न प्रयासमा गरेका छौ । कुनै निश्चित गन्तव्यमा लागि सवार गरेको हुन्छ । सवार यात्रुलाई सुरक्षित तरिकाले चालक , परिचालकहरुको मिठास व्यवहारका साथ गन्तव्य सम्म पुग्न र पु¥याउने काम गरी रहेका छौ । अझै त्यसमा पनि परितर्वन गर्न हामी लाग्ने छौ । सार्वजानिक यातायात सेवाको अभाव र समस्यामा कसैलाई पनि भोग्न वाध्य गराउने छैनौ । त्यस्ता कुरामा समिति निकै गम्भिरताका साथ काम गर्ने प्रयास गर्ने छौ ।
स्थानीय रुटहरुमा दिउँसो टिपाटिप हुन्छन , राती निकै कष्टकर छ नि ?
– हामीले स्थानीय रुटहरुमा जस्तै ः तुलसीपुर , घोराही र लमही रुटमा स्थानीय तहहरुको समन्वयमा नगर बस सञ्चालन गरी यात्रुहरु रातीको दुविधा लाई हटाउने प्रयास पहिलै देखिको योजना छन । तर अपशोच त्यो पुरा हुन अझै सकेको छैन । जसका कारण रातीमा स्थानीय रुटका यात्रुहरु लाई सेवामा कष्टकर भएका हामीले पनि स्वीकर गर्छाै । तर अब हामीले जनप्रतिनिधिहरुको निर्वाचन सगै दाङका घोराही तुलसीपुर लमही क्षेत्रमा राती १० वजे सम्म नगर बसको सेवा सुचारु गरी यात्रुको कष्टकरता लाई सहजतामा परिणत गरी रात्रीकालिन स्थानीय सेवा पनि सञ्चालन गर्ने छौ ।
दुर्घटनामा मृत्यु भएका परिवारको क्षतिपुर्ति वाफतको रकम पाउन निकै झमेला छ रे ? त्यसलाई कसरी लिनुहुन्छ ?
– दुर्घटनामा मृत्यु भएका , अङ्गभङ्ग भएकाहरुको पाउने पर्ने उपचार सेवा र क्षतिपुर्तिका विषयमा समिति निकै जिम्मेवार छ । यातायात व्यवसायीहरु लाई राज्यले विमामा कुनै सहुलिय, छुट भन्ने कुरा दिएको छैन । हामीले तिरेको रकम वाटै हामीले क्षतिपुर्ति औषधी उपचार गराने गरेका छौ । तर राज्यले विमाको श्रेणीकरण गरी विमाको छुटै नीति अबलम्वन गर्नुपर्ने निकै आवश्यक छ । जस्तै ः सवारी दुर्घटनामा परि एक वृद्धको ज्यान गयो । वृद्धको परिवार लाई कति रकम क्षतिपुर्ति दिन , वालवालिकाहरुको कति दिने , डाक्टरहरु परे कति दिने र एक जना मजदुर छ तर उसले मजदुरी गरी कतिजनाको पालपोषन गरेको भन्ने कुराको निक्र्याैल गरी विाम श्रेणीकरण छुट्याउन अति जरुरी छ ।
अन्त्यमा केही भन्नु छ ?
– अब हामीले सुरक्षित यातायात व्यवस्थीत यातायात सेवाको विकास गरी गर्भगर्न लाएको यातायात सेवाको विकास गर्ने छौ । अन्त्यमा यो समय र विचारका लागि सैघाली अनलाईन पत्रिका परिवार लाई धन्यावाद ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।