‘मिस्टर नेपाल’ सन्तोष उपाध्यायले गरे आरतीसँग इन्गेजमेन्ट



काठमाडौँ । ‘मिस्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले पोखराकी आरती पराजुलीसँग बिहे गर्न लागेका हुन् । केही वर्षदेखि प्रेममा रहेको यो जोडीले शनिवार बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच इन्गेजमेन्टसमेत गरेको छ ।

कोरोनाको कहर भएकोले इन्गेजमेन्ट समारोहमा दुवैतर्फका सीमित पारिवारिक व्यक्तिको मात्र उपस्थिति रहेको थियो । आरती पेसाले चार्टर एकाउन्टेन्ट हुन् । उनी अहिले नेपाल इन्भेष्टमेन्ट बैङ्कमा सिनियर अफिसरको रूपमा कार्यरत छिन् । सन्तोष भने पेसाले डाक्टर हुन् । उनी पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा कार्यरत छन् ।

सन्तोषले २०१९ मा मिस्टर नेपाल उपाधि जितेका थिए । त्यसपछि ‘मिष्टर सुपरस्टार २०२०’ जितेका उपाध्यायले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुपरन्यासनल २०२१’ मा थर्ड रहनर अप भएका थिए ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्