अन्तर्राष्ट्रिय

न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे रद्द

By Thah Online

January 23, 2022

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठुलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिनुभएको छ। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेको छ।