साउथ इन्डियन फिल्ममा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स’ (भिडिओ)



दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ‘रङ्ग विरङ्गी रात फिरंगी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स देख्न सकिन्छ।

मूल फिल्म मलयालम भाषामा बनेको भए पनि यो फिल्म हिन्दी, तेलेगू र तामिल भाषामा पनि हेर्न पाइनेछ। यसैअन्तर्गत शनिवार यसको हिन्दी गीत सार्वजनिक भएको हो। जसमा नेपाली अभिनेत्री स्वस्तिमा नाचेकी छन्।

तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मलयालम भाषामा निर्माण गरिएता पनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।

बिजीपालको सङ्गीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ । राजीव सेठ्ठीको निर्देशन रहेको यो फिल्ममा भारतीय निर्माता एसके लारेन्स र नेपालका तर्फबाट सरोज न्यौपानेको लगानी रहेको छ।

जेभियर एलेक्स र राजीव शेट्टीले लेखेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

उक्त फिल्म काठमाडौं, पोखरा र लुक्लामा पनि सुटिङ गरिएको थियो। केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरमा नेपालका दृश्य देख्न सकिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्