नेपाली युवतीलाई रसियन बताउँदै भारतमा सेक्स र्‍याकेट !



एजेन्सी ।  भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौ’न व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रहरीको अनुसन्धानमा गौरव यसभन्दा अघि कोलारमा रहेको हेभन फ्यामिली सैलुन स्किन केयर स्पा सेन्टरमा म्यानेजरका रुपमा काम गर्थे । त्यहाँपछि उनले भोपालमा स्पा खोलेर यौन व्यवसाय चलाउन सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले स्पाबाट ६ युवतीका साथै ४ जना ग्राहकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवतीमध्ये एक जना नेपालको र दुईजना उत्तरपूर्वी भारतका थिए । बाँकी युवती भोपालकै रहेको बताइएको छ ।

घटनास्थलबाट अपराधिक सामाग्री समेत फेला परेको छ । पक्राउ पर्नेमा दुई जना पूर्वोत्तर र एक नेपाली रहेका छन् । तीन युवती भोपालका हुन् । बालिकाहरूको उमेर २२ वर्षदेखि ३२ वर्षसम्म रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्