लमही जेसिजको अध्यक्षमा केसी, शपथ तथा पदभार ग्रहण 



दाङ । लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीले शपथ लिँदै  पदभार ग्रहण गरेका छन् । लमही जेसिज वर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले निर्विरोध नव निर्वाचित अध्यक्ष सुन्दर केसी सुजनलाई अध्यक्षको शपथ खुवाउँदै पद हस्तान्तरण गरेका हुन ।

शनिवार लमहीमा सम्पन्न लमही जेसिजको २२ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरी शपथ खुवाइएको हो । नव निर्वाचित अध्यक्ष सुन्दर केसीले आफ्ना सम्पूर्ण पदाधिकारीलाई पदको जिम्मा दिँदै शपथ खुवाएका हुन ।

लमही जेसिज वर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा कल्याण मन्त्री इन्द्र जित थारुको प्रमुख आतिथ्य एवम् प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थारुले जेसिजले जिम्बेवारी बोध गराउनुका साथै व्यक्तित्व विकास गराउने कुरामा जोड दिए ।

देशको समृद्धिका लागि युवा एकता आवश्यक रहेको बताउँदै मन्त्री थारुले जेसिजले सबै अट्ने गरी बलियो सङ्गठन निर्माण गर्दै समाज निर्माणमा ध्यान दिवस भन्ने शुभकामना प्रदान गरे ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शिक्षक रेसम बहादुर बुढालाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा डा. सत्यदेव वैद्य, व्यवसायमा खगेश्वर खनाल, कृषिमा महेश रेग्मी, खेलकुदमा सुशीला चौधरी लगायतका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

वर्ष २०२१ कि कोषाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष शेषमणि गौतम, नेपाल पत्रकार महासङ्घ दाङकी पूर्व उपाध्यक्ष लिला शाह, त्रिभुवन नगर जेसिजका अध्यक्ष विवेक आचार्य, देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनाल, नेपाल जेसिज वर्ष २०२२ का क्षेत्र घ का उपाध्यक्ष अनिल बहादुर शाही लगायतले नव निर्वाचित सम्पूर्णलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण लमही जेसिज वर्ष २०२२ का कानुनी सल्लाहकार फणाधर ढकालले गरेका हुन । लमही जेसिज वर्ष २०२२ का लागि तपसिलका व्यक्तिहरू जिम्मेवारीमा छन् ।

लमही जेसिज वर्ष २०२२ का नव निर्वाचित पदाधिकारीहरू

अध्यक्षमा सुन्दर केसी सुजन ,  निबर्तमाण अध्यक्षमा  दुलमदास चौधरी , कानुनी सल्लाहकारमा फणाधर शर्मा ढकाल ,कार्यकारिणी उपाध्यक्षमा  कबिराज पोख्रेल  र  कार्यकारिणी उपाध्यक्षमा केशव दीपक शर्मा रहेका छन् ।

त्यस्तै  महासचिवमा रामदिन चौधरी , कोषाध्यक्षमा  अशेष न्यौपाने , उपाध्यक्षमा  सुरज प्रसाद अधिकारी  , रबिन केसी , विदुर शर्मा र  नारायणी चौधरीले जिम्मेवारी पाएका छन् ।

साथै सचिवमा ईन्दु डिसी,  जनसम्पर्क अधिकारीमा  निर्मला चौधरी , तालिम निर्देशक किशन भट्टराई , शाखा सम्पादकमा टेकबहादुर पुन (पत्रकार) ,  खेलकुद संयोजकमा शिशिर खड्का र  सदस्यता वृद्धि सभापतिमा टीका बहादुर केसी  रहेका छन् ।

त्यस्तै  प्रकरण निर्देशकमा  सबिन केसी , मनोरञ्जन संयोजकमा सन्तुराम चौधरी,  च्याप्टर कोअर्डिनेटरमा आकाश केसी , कोष वृद्धि सभापतिमा अङ्कित खनाल,  सुपरिवेक्षण मूल्याङ्कन निर्देशकमा हरिबहादुर कुँवर , जेसिज प्रवक्तामा  मुकेश चौधरी ,  स्वास्थ्य संयोजकमा  श्रृजन पौडेल र  एनजिओ आईएनजिओ संयोजकमा सन्दीप पाण्डे रहेका छन् ।

साथैमा यातायात संयोजकमा रञ्जित चौधरी, शिक्षा संयोजक रामेन्द्र चौधरी, आइटी संयोजकमा भोला चौधरी  , फाईनशेल सेक्टर कोडिनेशन कोअर्डिनेटरमा  सुमन शर्मा छन् भने अध्यक्ष सल्लाहकारहरुमा , कमलजँग सिँह ठकुरी, खेमराज घिमिरे, वसन्त कुमार भण्डारी रहेका छन् ।

त्यस्तै  सदस्यहरूमा माधव खनाल, सुशान्त चौधरी, प्रदीप भुसाल, सरोज पौडेल, अमित कुमार गुप्ता, हिमाल भुसाल, सुशील खनाल, रबिन चौधरी, छबिला भण्डारी, अस्मिता अधिकारी, केशव केसी, डिम्पल, प्रकाश बेलबासे, गीता चौधरी, गणेश बिसी, निर्मल ग्वाल, धनिराम चौधरी, प्रकाश रेग्मी, प्रल्हाद सिटौला, नन्दु कुमार यादव, श्रवन कुमार यादव, बृजलाल यादव, दीपक बर्मा र  कृष्ण पल्लबी मगर रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्