सैघाली खबर,
काठमाडौं २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख एवंम् एमाले नेता सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी केन्द्र का प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।
उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।