दुई हबल्दारसहित १३ प्रहरी सम्पर्कविहीन, एक साताभित्र हाजिर हुन आग्रह



काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कविहीन रहेका १३ जना प्रहरीहरूलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयको सम्पर्कमा प्रहरीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कविहीन रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन सूचनामा आग्रह गरिएको हो ।

आफूखुसी सम्पर्क बाहिर रहेका हबल्दारहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगलसिंह कुँवर रहेका छन्। सिंह मंसिर १९ गते र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ।

प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी पनि सम्पर्कमा नरहेको सो सूचनामा उल्लेख छ। आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्