घोराही कारागारबाट फरार कैदी यामराज दिल्लीमा प’क्राउ



दाङ । घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले प’क्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट माघ ९ गते प’क्राउ गरेको हो ।

परियारलाई प्रहरीले प’क्राउ गरी दाङ ल्याएको छ । ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति हुन् । परियारलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत पुस ८ गते बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए।

चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराहीस्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए। त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए। परियारले झन्डै साढे ७ वर्ष कैद भुक्तान गरिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्