सभामुखमा कांग्रेसको पनि महरालार्इ समर्थन



सैघाली खबर,
काठमाडौं २५ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले सिंगो संसद्को नायक निर्विरोध ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे ।

सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने भन्दै कांग्रेसले उम्मेद्वारी दर्ता नगर्ने भएको हो । कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले र माओवादीबाहेक अरूलाइ उपसभामुख दिनुपर्ने बताएका छन् । कांग्रेसलाइ नदिएपनि अन्य पार्टीलाइ दिनुपर्ने उनको भनाइ छ ।

केही बेरअघि नेकपा ९माओवादी केन्द्र०का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उहाँलाई नेकपा९एमाले०का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका भने माओवादी केन्द्रका नेता देव गुरुङको समर्थन गरेका थिए । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मका लागि समय सूचित गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्