काठमाडौं। पाकिस्तानमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छन्। सोमबार न्यायाधीश आयसा मलिकले सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन्।
बिहीबार पाकिस्तानको न्याय सेवा आयोग ९जेसीपी०ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए।
मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन। किनकि उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए। वरिष्ठताका हिसाबले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन्।
मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो। सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।