थेगोले हिट भएका यी कलाकार



सैघाली खबर,
का‌ठमाडौं,.।नेपालमा हाँस्य कलाकारको लोकप्रियता र कमाई लोभ लाग्दो छ । टेलिश्रृंखलामार्फत जन्मिएका हाँस्य कलाकारको पछिल्लो समय ठूलो पर्दामा समेत प्रभाव बढ्दो छ । यसरी लोकप्रियताको शिखरमा पुगेका कलाकार कोही उपनामका कारण चिनिएका छन् त कोही थेगोसँगै हिट भएका छन् । जितु नेपाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, विल्सन विक्रम राईलगायतका हाँस्य कलाकारलाई उपनामले बढी चिनिन्छ । उनीहरुले सिरियलमा बोल्ने थेगो हिट भएतापनि उपनामले नै उनीहरु दर्शकको मनमा बस्न सफल भएका छन् ।

यस्तै, राता मकै, मुखमा हान्नु जस्तो, मुलाको साग, भोक लाग्यो, हैटलगायतका थेगोले केही कलाकारहरु चिनिएका छन् । उनीहरुले थेगोबाटै आफ्नो परिचय बनाएका छन् । पछिल्लो समय पनि टेलिसिरियलहरुमा हाँस्य कलाकारहरुले जबरजस्ती नयाँ थेगो त सिर्जना गरेका छन् तर थेगोकै कारण स्थापित हुन भने सकिरहेका छैनन् ।

तर, आज हामी थेगोसँगै हिट भएका, थेगो नै उपनाम पाएका र आफ्नो नामभन्दा थेगोबाट परिचित भएका कलाकारबारे एक सामाग्री तयार पारेका छौँ जसमा थेगोले हिट भएका केही कलाकारले आफ्नो थेगो कसरी जन्मियो त्यस बारेमा बताएका छन् ।

 

किरण के।सी–‘राता मकै’
यो ‘ए राता मकै’ भन्ने थेगो ‘जिरे खुर्सानी’को चर्चित लोकप्रिय सम्बाद हो । ‘जिरे खुर्सानी’ मा १६ भागसम्म चाहिँ मेरो रोल थिएन । १७ भागबाट मैले ‘जिरे खुर्सानी’ मा खेलेको थिएँ । त्यही क्रममा मलाई जितु नेपाल भाईले सम्बाद दिने क्रममा मलाई यो ‘ए राता मकै’ भन्ने थेगो दिएका थिए । त्यही थेगोले मलाई अहिलेसम्म पनि ‘राता मकै’ भनेर चिनाएको छ । खुशी लाग्छ ।धेरैले किरण के।सी भन्नुभन्दा पनि ‘राता मकै’ भन्न सजिलो लाग्छ भन्नुहुन्छ । दर्शकहरु सबैले मन पराइदिनु भयो । त्यसकै प्रतिफल अहिले ‘राता मकै’ चोक बनेको छ । ‘राता मकै’ मार्ग बनेको छ । र, ‘राता मकै’ मासु पसल बनेको छ । ‘राता मकै’ पान पसल बन्यो । गाडीहरुमा पनि ‘राता मकै’ भनेर लेखिन थाल्यो । ‘राता मकै’ एल्बम बन्यो । यो सब देख्दा सुन्दा अहिले ज्यादै खुशी लाग्छ । मलाई भेट्दा धेरैले किरण के।सी भन्दा पनि ‘राता मकै’ भनेर नै सम्बोधन गर्नुहुन्छ । त्यतिबेला जितु भाईले यो थेगो दिँदा यति धेरै भाइरल बन्छ भन्ने सोचेको थिईन ।

तर अहिले आएर थेगो नै मेरो नाम बन्न पुग्यो । अहिले अर्को टेलिसिरियल ‘ब्रेक फेल’मा दर्शकहरुलाई फरक नयाँ स्वाद दिउँ भन्ने हिसाबले ‘चिकेन चिल्ली’ भन्ने थेगो बोलेको छु । यो पनि सबैले रुचाउनु भएको छ । तर मैलै अबका दिनमा जस्तोसुकै नयाँ थेगो प्रयोग गरे पनि मेरो ब्राण्ड ‘ए राता मकै’ बनिसकेको छ ।

शिवहरी पौडेल–‘मुखाँ हान्नु जस्तो’

 

‘जिरे खुर्सानी’ भर्खर सुरुवात मात्र भएको थियो । यसको स्टोरी अनुसार म सुरुमा नेता थिएँ । त्यतिखेर दमन रुपाखेती भाई पनि थियो । म नेता भएको कारणले फिरफिरे कला केन्द्रको उद्घाटन गर्न जाँदा त्यो नेताले त्यहाँ आएका पत्रकार पनि देख्दैन । क्यामेरा पनि देख्दैन । नेता भैसकेपछि त यो सबैको ख्याल गर्छ नी । तर, त्यहाँ त्यो सबै नदेखेपछि मैले हैन ए विक्रम तैले कस्तो ठाउँमा ल्याइस् हँ, मलाई न क्यामरा छ न पत्रकार छ, मुखाँ हान्नु जस्तो भनेर बोल्दिएको थिएँ । अनि त्यत्तिकै भयो याद भएन, त्यो कार्यक्रम अनइयर भयो पहिलो भाग ।अनि मैले दोस्रो भागमा भने कतै पनि त्यो बोलेको थिइन । एकदिन त्रिपुरेश्वरमा हिँडिरहेको थिएँ । एक जना मान्छेले बोलाएर तपाईंहरुको नयाँ कार्यक्रम सुरु भएको रहेछ, ल बधाई छ । तर, तपार्इंले पहिलो एपिसोडमा ‘मुखाँ हान्नुजस्तो’ भन्नुभएको थियो दोस्रो एपिसोडमा भन्नु भएन । त्यो भनेको राम्रो भएको थियो भन्नुभयो । अनि ए १ यो थेगो त राम्रो हुन्छ कि के हो रु भनेर तेस्रो एपिसोडबाट भन्न थालेको । ९, १० एपिसोड नपुग्दै त हिट भैहाल्यो ।

अहिले म ‘जिरे खुर्सानी’ छोडेर ब्रेकफेल भन्ने टेलिसिरियलमा ‘कुरो बुझ्नु भो’ भन्ने थेगो लिएर आएको छु । र, पनि मलाई ‘मुखाँ हान्नु जस्तो’ भनेर चिन्ने नै धेरै छन् । केही केहीले मात्र शिवहरी पौडेल भनेर चिन्छन् । नत्र भने सबैले ‘मुखाँ हान्नु जस्तो’ भनेर नै बोलाउँछन् । नाम नै मुखाँ हान्नु जस्तो भएको छ ।

बुद्धि तामाङ–हैट

यो खासमा हाम्रै गाउँघरमा पनि सामान्य रुपमा प्रयोग गर्ने थेगो हो । त्यसकारण मैले ‘हैट’ भन्ने थेगो पर्सनल रुपमा इनर्जी आओस भन्ने हिसाबले नाटकहरुमा पनि प्रयोग गर्ने गर्थे । तर, पछि थेगोलाई रामबाबु गुरुङ दाइले ‘कबड्डी’को लागि चाहीँ स्क्रिप्टमै लेख्नुभएको रहेछ । त्यहाँबाट त्यो थेगो सर्वत्र हिट भयो । त्योभन्दा पहिले नाटकमा पनि भन्थे गरिन्थ्यो ।सुरुमा त यो सामान्य थेगो हो भन्ने लागेको थियो । अहिले मलाई त्यही एउटा सामान्य थेगोले सबै सामु चिनाएको छ । मेरो आफ्नो नामले भन्दा पनि ‘हैट’ भनेर चिन्ने धेरै छन् । खुशी लाग्छ, नाम नै हैट भएको छ । सायद ‘हैट’ भन्ने थेगो मैले प्रयोग नगरेको भए बुद्धि तामाङ भनेर यती धेरै चर्चा नपाउन पनि सक्थे । यसको मतलव यो होइन कि अभिनय राम्रो नभए पनि हुन्छ । तर, अभिनय सँगसँगै मलाई चिनाउनुमा मेरो थेगोको पनि ठूलो भूमिका छ ।

सुरेन्द्र केसी–‘मुलाको साग’

यसको श्रेय कलाकार उज्वल भण्डारीलाई जान्छ । ‘मेरी बास्सै’ गर्ने बेलामा एउटा थेगो बोल्नु पर्यो भनेर सोध्दा केही पनि थेगो पाइएन । त्यसपछि सुटिङ सुरु भैसकेको थियो । मैले उज्वललाई थेगोका लागि फोन गरेँ । उसले पनि कहाँ भन्ने वित्तिकै थेगो पाइन्छ त । म त यतिबेला झ्यालबाट बाहिर हेरेर बसिरहेको छु । बाहिर मुला बारी छ । मुला साग भन्देउ हिट हुन्छ भन्यो । लौ त १ भनेर ‘मुला साग’ भनेको त्यत्तिकै हिट भयो । अहिले अब सुरेन्द्र के।सी भन्दा पनि मुला साग भनेर चिन्ने धेरै छन् । बाटो हिँड्दा पनि मुलाको साग भन्नुहुन्छ खुशी लाग्छ । मेरो दुईवटा नाम भएछ भनेर । अरु सिरियलहरु मार्फत पनि सुरेन्द्र केसी भनेर त छाइसकेको थिएँ । तर ‘मुला साग’ भन्ने थेगोले मलाई सर्वत्र चिनाइदियोे ।

देवीराम पराजुली – भोक लाग्यो

‘जिरे खुर्सानी’ मा सुरुमा गाउँबाट म आमासँग काठमाडौं आएको हुन्छु । मेरो आमाको भूमिकामा सविता गुरुङ दिदी हुनुहुन्थ्यो । अनि बुवाको भूमिकामा शिवहरी पौडेल दाई । शिवहरी दाईले शहरमा पनि विवाह गरेर अर्को आमा लुकाएर राख्नु भएको हुन्छ । अनि हामी चाहीँ गाउँमै हुन्छौँ र एक दिन शहर आउँछौँ ।अनि गाउँबाट आईसकेपछि घर भित्र पस्दा मैले अब यति लामो बाटो हिँडेर आएको भन्ने हिसाबले ‘आफूलाई ह्याँ कस्तो भोक लाईराको छ’ भने । त्यो राम्रो भयो । अनि पछि मेरो ज्यान पातलो अग्लो भएका कारण पनि सबैले अब थेगोको रुपमा ‘भोक लाग्यो’ नै भन्दा पनि हुन्छ भन्ने सुझाव दिनुभयो र त्यो थेगो मैले बोल्दै गएँ । हुन पनि दुई तीन भागबाटै यो त हिट भयो । मलाई दर्शकले अहिले पनि यहि थेगोले चिन्नुहुन्छ । एकदमै खुशी लाग्छ ।yjuaolo

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्