दाङ, असार २ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यसका लागि अधिकांश काम सकिएको र अहिले केहीबेरमा बोर्ड बैठक बसेर परीक्षाफल प्रकाशित गर्ने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । त्यसपछि करिब १० बजेतिर परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयले नतिजा वेभसाइट, एसएमएस र आइभिआरबाट पनि थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर
एनसेल तथा नेपाल टेलिकमको सटकोड १६००
आकाश टेक प्रा. ली. को सटकोड ३१००३,
फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६,
वान अफ कम्युनिकेशन को सटकोड ३३६२४,
जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१,
इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np,
शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np,
परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np,
राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,
आकाश टेक प्रा. ली. www.inheadline.com,
नेपाल टेलीकम www.see.ntc.np,
पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com,
एनसेल प्रा. ली. www.ncell.axiata.com,
वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com,
कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com,
क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com,
डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com,
याक पव्लीकेशन www.khullapati.com,
लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।