राष्ट्रियसभामा मनोनीत तीन सदस्यले लिए शपथ



सैघाली खबर,
फागुन २५, काठमाडौं। राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित तीन सदस्यले शपथ ग्रहण गरेका छन्। शुक्रबार बिहान तीन सदस्यलाई राष्ट्रियसभाकी सभामुख तारादेवी भट्टले शपथ गराएकी हुन्। शपथ लिनेमा अर्थमन्त्रीसमेत रहेका डा।युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई रहेका छन्।

राष्ट्रपतिद्वारा मनोनित तीन जनालाई सर्वोच्च अदालतमा शपथ ग्रहण नगराउनु भनेर रीट परेपछ उनीहरूको शपथ रोकिएको थियो। तीनै जनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो।

यी तीन जनाले राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली यसअघि नै प्रकाशित गरिसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्