Banner First

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थल छिर्न खोज्दा प्रहरीसँग झ’डप

By Thah Online

January 26, 2022

जनकपुरधाम। आज (बुधबार) राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झ’डप भएको छ । 

मतदान स्थलमा राउतका कार्यकर्ता प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । ‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनमत पार्टीका कार्यकर्ता भाटा बोकेर बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

झडपमा जनमतका केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । राष्ट्रियसभा निर्वाचनमा अवरोध सम्भावित अवरोधलाई ध्यान दिँदै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरूले जनकपुरधामका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।