पत्रकार खेमराज रिजाल पुरस्कृत



सैघाली खबर,
घोराही, २५ फागुन ।
राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको ३३ औ साधारणसभा तथा १७ औ अधिवेशनमा पत्रकार खेमराज रिजाल पुरस्कृत हुनु भएको छ । यातायात व्यवसायी तथा सडक सुरक्षाका क्षेत्रमा कलम चलाएको भन्दै समितिले गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाललाई पुरस्कृत गरेको हो । राप्ति समितिका अध्यक्ष सुरेश हमाल र यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले संयुक्तरुपमा खादा र नगदसहीत प्रमाणपत्रले पुरस्कृत गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्