काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले टिभी टुँडेमा कार्यरत क्रियाशील पत्रकार लाल बहादुर विश्वकर्मा (एलबी) को परिवारलाई आर्थिक सहयोग गरेकी छन् । एलबीको गत बिहीबार निधन भएको थियो ।
मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैङ्कको खातामा ट्रान्सफर गरिदिएको उनको सचिवालयले जनाएको छ ।
अस्पतालको लापरबाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरू प्रकाशित भई रहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्य तथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ । उनले मृतकप्रति श्रद्धाञ्जली सहित परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेकी छिन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।