पुराना गाडी हटाउने सरकारको एकतर्फी निर्णय अमान्य – कर्माचार्य



दिपक बोहरा,
तुलसीपुर, २५ फागुन ।

 

सरकारले २० बर्ष भन्दा पुराना गाडि हटाउने भनी एकतर्फी निर्णय गरेको भन्दै आफुहरुलाई त्यो अमान्य हुँने नेपाल राष्ट्रिय यातायाता व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए । राप्ती अञ्चल सार्बजनीक यातायात बस ब्यबसायी समितिको ३३ औं साधारण सभा तथा १७ औं अधिबेशनलाई सम्बोधन गर्दै उनले राज्यले पुराना गाडी हटाउने भनी एकतर्फी निर्णय गर्नु गलत भएको बताए । यातायातसंग सरोकार राख्ने निकायसंग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा सरकार एकलौटी जान खोजेको आरोप लगाए ।‘ राज्यले एकलौटी रुपमा पुराना गाडि हटाउने निर्णय गरेको छ’ उनले भने‘ एकलौटी गरिएको निर्णयले सरकारलाई नै अप्ठ्यारो पार्छ ।’ अध्यक्ष कर्मचार्यले वार्ता र छलफलबाट निकास खोज्नु पर्ने उनको तर्क थियो ।

कार्यक्रममा महासचिव सरोज सिटौला, उपाध्यक्ष पुष्पा श्रेष्ठ, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेस दाङका शंकर डाँगी, माओवादी केन्द्रका महाधिबेशन आयोजक समितिका संयोजक रामजी चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, मानवअधिकारकर्मी सुशिल बस्नेत, नेपल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक सरद रेगमीले गरेका थिए । साथै यातायात क्षेत्रको सुधारका लागि कलम चलाएको भन्दै पत्रकार खेमराज रिजाललाई सम्मान गरिएको छ ।

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्